अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति बैठकले तीन वटा समिति गठन गर्ने निर्णय गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी बैठकले नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबलको विषयमा निर्णय गर्नका लागि समिति गठन गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।
७ सदस्यीय समितिको संयोजकमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ छन्। समितिको सदस्यमा उपाध्यक्ष कुमार केसी र दिपक खतिवडाका साथै सदस्यहरू टिका लामा, मनिराज विष्ट, पुरुषोत्तम थापा र रविन्द्र चन्द छन्।
यस्तै बैठकले पदपूर्ति समिति पनि गठन गरेको छ। पदपूर्ति समितिको संयोजकमा उपाध्यक्ष विराटजंग शाही छन्। समितिमा सदस्यद्वय अनिल मल्ल र मनिष जोशी छन्।
बैठकले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्व महिला साफ च्याम्पियनसिप आयोजना समिति पनि गठन गरेको छ। यद्यपी उनलाई एन्फा सचिवालयले यसअघि नै संयोजक भएर काम गर्न जिम्मेवारी दिएको थियो। साफको समितिको सबै जना पदाधिकारीसहित केन्द्रीय सदस्य छन्।
बैठकले अरू एजेन्डामा छलफल गरिरहेको छ।
एजेन्डा