नेपाली राष्ट्रिय फुटबल टिमले असोजमा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठकले आगामी असोज ११ गते नेपाल र बंगालदेशबीच मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो।
मैत्रीपूर्ण खेलका लागि एन्फाले यसअघि नै प्रक्रिया अघि बढाएको थियो।
फिफा विन्डो अवधिमा हुने असोज ११ गतेको खेल दशैंको घटस्थापनाको भोलिपल्ट हो।
नेपाली राष्ट्रिय फुटबल टिमले पछिल्लो पटक असार पहिलो साता एसियन कपको तेस्रो चरणको छनोट खेलेको थियो।