अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक बिहीबार सम्पन्न भएको छ। बैठक एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा भएको थियो।
बैठकले भदौ ६ देखि १९ गतेसम्म काठमाडौंमा हुने साफ च्याम्पियनसिपका लागि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति गठन गर्ने यसअघिको निर्णय स्वीकृत गरेको हो।
महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा र टोली व्यवस्थापकमा विन्द्रा देवानलाई नियुक्त गर्ने निर्णय पनि स्वीकृत भएको छ ।
बैठकले आगामी साफ महिला च्याम्पियनसिपको सामान्य र भिआइपी प्यारापिटको लागि क्रमशः ३०० र ५०० रुपैयाँ टिकट मूल्य तोकेको छ ।
फिफा विन्डोमा सेप्टेम्बर २७ मा बंगलादेशको राष्ट्रिय टोलीसँग काठमाडौंमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गर्ने निर्णय गरेको छ। सो खेलका लागि प्रदीप हुमागाईँलाई कार्यवहाक प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइएको छ।
बैठकले एन्फाको प्रवक्तामा सुरेश साहलाई नियुक्त गरेको छ।
यस्तै नवीन पाण्डेलाई यसअघि दिइएको अन्तर्राष्ट्रिय विभागको प्रमुखको जिम्मेवारी हेरफेर गर्दै अध्यक्षको सल्लाहकार नियुक्त गरिएको छ।
बैठकले गरेका निर्णयहरु