यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार राति मनोनयन सार्वजनिक गरेको हो ।
पुरूषको प्लेयर अफ दि इयर मनोनयनतर्फ शीर्ष तीनमा म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना, रियल मड्रिडका करिम बेन्जिमा र थिवाउट कोर्टुइस छन्। गोलकिपर कोर्टोइस र बेन्जेमाले च्याम्पियन्स लिग जितेका समेत हुन्।
यो सूचीको शीर्ष १५ मनोनयनमा लियोनल मेसी, नेइमार र क्रिस्टियानो रोनाल्डो अटाएनन्।
बाँकी शीर्ष १५ भित्र परेका खेलाडीहरू
४ रोबर्ट लेवान्डोस्की (बायर्न, हाल बार्सिलोना र पोल्याण्ड)
५ लुका मोड्रिच (रियल म्याड्रिड र क्रोएसिया)
६ साडियो माने (लिभरपुल, हाल बायर्न र सेनेगल)
७ मोहम्मद सलाह (लिभरपुल र इजिप्ट)
८ केलियन एम्बाप्पे (पिएजी र फ्रान्स)
९ भिनिसियस जुनियर (रियल म्याड्रिड र ब्राजिल)
१० भर्जिल भान डाइक (लिभरपुल र नेदरल्याण्ड्स)
११ बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी र पोर्चुगल)
१२ फिलिप कोस्टिक (इन्ट्राक्ट फ्रान्कफर्ट र सर्बिया)
१३ लोरेन्जो पेलेग्रिनी (रोमा र इटाली)
१४ ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्ड (लिभरपुल र इङ्गल्याण्ड)
१५ फाबिन्हो (लिभरपुल र ब्राजिल)
युइएफएले रियलका कार्लो एन्सेलोटी, सिटीका पेप ग्वार्डिओला र लिभरपुलका जर्गेन क्लोपसहित पुरूष म्यानेजर अफ द इयर अवार्डका लागि छनोट सूची पनि सार्वजनिक गरेको छ।
वर्षको उत्कृष्ट महिला खेलाडी र वर्ष प्रबन्धकको मनोनयन पछि सार्वजनिक गरिने भएको छ।
सबै विजेताको घोषणा आगामी अगष्ट २५ मा इस्तानबुलमा च्याम्पियन्स लिगको समूह चरणको ड्र समारोहमा गरिनेछ।