आगामी असोजमा काठमाडौंमा हुने बंगलादेशविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
नेपाल र बंगलादेशबीच असोज ११ गते काठमाडौंमा एउटा मैत्रीपूर्ण खेल हुँदैछ। उक्त खेलका लागि एन्फाले अनुभवी खेलाडी समेट्दै ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।
नियमित प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बाहिर राखेका कप्तान किरण चेम्जोङसहितका खेलाडीको पुनरागमन भएको हो।
मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षकको जिम्मेवारी पाएका प्रदीप हुमागाईंले युवा र अनुभवी खेलाडी समेटेर टोली बनाउन लागेका हुन्।
यी हुन् छनोटमा परेका खेलालीहरू
फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास
मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ