इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सी र टोटेनहम हट्सपरले २-२ गोलको बराबरी खेलेका छन्।
चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गर्दा टोटेनहमका पिएर एमिल होएबिएर र ह्यारी केनले बराबरी गोल फर्काए।
घरेलु टोली चेल्सीले खेलमा दुबै पटक अग्रता लिए पनि जोगाउन सकेन। खेलको अधिकांश समय बल पोजिसन र आक्रमणमा चेल्सीले पकड जमाए पनि टोटेनहमले खेलको अन्तिम मिनेटमा गोल गर्दै रोमाञ्चक बराबरी गरेको थियो।
स्टामफर्ड ब्रिजमा भएको खेलको १९ औं मिनेटमा कौलिबालीले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए।
पहिलो हाफमा १-० ले पछि रहेको टोटेनहम दोस्रो हाफको ६८ औं मिनेटमा खेलमा फर्कियो। उसका लागि होएबिएरले गोल गरे।
खेलको ७७ औं मिनेटमा चेल्सीले जेम्सको गोलमा अग्रता लियो। चेल्सी जितनजिक पुगेको अवस्थामा इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै कप्तान केनले स्पर्सलाई महर्तवपूर्ण १ अंक दिलाए।
खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच भनाभन हुँदा मैदानमा तनावपूर्ण स्थिति बनेको थियो। यसअघि पनि दुबै प्रशिक्षकबीच तनावको स्थिति सिर्जना भएको थियो। यसअघिनै पहेँले कार्ड पाइसकेका उनीहरूले खेलको अन्त्यमा रातो कार्ड पाए।
यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ। टोटेनहम अंक तालिकाको चौथो स्थानमा हुँदा चेल्सी सातौंमा झरेको छ।
लिगमा शतप्रतिशत जित निकालेका म्यान्चेष्टर सिटी र आर्सलन शीर्ष २ मा छन्।