इङ्ग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले लिभरपुललाई बराबरीमा रोकेको छ।
उपाधि दाबेदार लिभरपुलले घरेलु मैदानमा गएराति भएको खेलमा क्रिस्टल प्यालेससँग एक–एक गोलको बराबरी खेलेको हो।
लिभरपुलका लागि लुइस डियाजले गोल गर्दै क्रिष्टल प्यालेसका विलफ्रिड जाहाले गोल गरेका थिए।
खेलको ३२ औं मिनेटमा जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई खेलमा सुरूआती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १-० ले पछि परेको लिभरपुल दोस्रो हाफमा १० खेलाडीमा समेटिँदै थप दबाबमा पर्यो।
खेलको ५७ औं मिनेटमा यसै सिजन क्लबमा आएका फरवार्ड डार्विन न्युनेजले सोझै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए।
जोएचिम एन्डरसनलाई हेडबट (टाउकोले हानेपछि) उनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए।
न्युनेज बाहिरिएको केही समयपछि खेलको ६१ औं मिनेटमा लिभरपुलले बराबरी गोल गर्यो। लुइस डियाजले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए।
त्यसपछि दुबै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन नसक्दा बराबरीमा रोकिनुपर्यो।
यसअघि पहिलो खेलमा लिभरपुलले फुलह्यामसँग पनि दुई-दुई गोलको बराबरी रोकिएको थियो।
यो सँगै लिभरपुलले २ खेलमा २ अङ्क जोड्दै तालिकाको १२औं स्थानमा छ। २ खेलबाट १ अंक जोडेको क्रिष्टल प्यालेस १६ औं स्थानमा छ।
यस्तै शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटी र आर्सनलको समान ६-६ अंक छ।