एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा रहेको मूल आयोजक समितिले आगामी नेपालमा हुने साफ महिला च्याम्पियनसिपका लागि विभिन्न समिति गठन गरेको छ।
एन्फा कम्प्लेक्समा मंगलबार बसेको आयोजक समितिको बैठकले प्रत्येक समितिमा संयोजक तोकेको हो।
एन्फाले यसअघि नै प्रतियोगिताका लागि रवीन्द्र चन्दलाई भेन्यु म्यानेजर र विजय घलेलाई स्थानीय संयोजकमा नियुक्त गरिसकेको छ। त्यसैगरी मार्केटिङ, प्रसारण र डिजिटल अधिकार समितिको संयोजकमा सन्जीव सिल्कार र दिनेश ब्याञ्जनकार सुरक्षा प्रमुखमा छन्।
बैठकले प्रतियोगिताको टिकट अधिकारका लागि न्यूनतम रु २५ लाखको टेण्डर आह्वान गर्ने निर्णय पनि गरेको छ।
सेप्टेम्बर ६ देखि १९, २०२२ सम्म काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ।
समितिहरू
आतिथ्य समिति: मनिष जोशी
स्वास्थ्य समितिः रमेश ब्याञ्जनकार
होटल तथा यातायात समितिः पुरुषोत्तम थापा
प्राविधिक समितिः कृष्ण थापा
रेफ्री संयोजक समितिः बुद्धि गुरुङ
समारोह समिति : विकास नारायण श्रेष्ठ
प्रचार समिति : सुरेश शाह
नेपाली राष्ट्रिय टोली व्यवस्थापन समितिः सरिला श्रेष्ठ