आज बसेको दक्षिण एसियाली फुटबल महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले नेपालमा हुने साफ महिला च्याम्पियनसिप साफ तथा श्रीलंका हुने तय यू-१७ च्याम्पियनसिपको खेल तालिका परिमार्जन गर्न २३ अगस्ट २०२२ सम्म पर्खने निर्णय गरेको हो। भारतलाई फिफाले लगाएको निलम्बन गरेपछि साफले यस्तो निर्णय गरेको हो।
यदि फिफाको निर्णय उस्तै रह्यो भने, सेप्टेम्बर ५ बाट श्रीलंकामा हुने तय भएको साफ यू-१७ च्याम्पियनसिपको प्रतियोगिताको ढाँचा परिवर्तन गर्नेछ। नेपालमा हुने साफ महिला च्याम्पियनसिपको लागि, ढाँचा र समूह समान रहनेछ।
बैठकमा अखिल नेपाल फुटबल संघका महासचिव र फुटबल महासंघ श्रीलंकाका अध्यक्षले प्रतियोगितालाई सुचारु रुपमा सम्पन्न गर्ने आश्वासन दिँदै तयारीबारे जानकारी गराएका थिए ।
बैठकले २०२३ को लागि प्रतियोगिता क्यालेन्डरलाई पनि अनुमोदन गरेको छ। प्रतियोगिता क्यालेन्डर २०२३ र २०२४ को लागि एएफसी प्रतियोगिता क्यालेन्डर अनुरूप छ।
२०२३ मा हुने प्रतियोगिताको प्रस्तावित मिति
साफ यू२० महिला च्याम्पियनसिप (३-१३ फेब्रुअरी २०२३)
साफ यू१७ महिला च्याम्पियनसिप (१०-२० मार्च २०२३)
साफ यू१९ च्याम्पियनसिप (जुलाई-अगस्ट २०२३)
साफ यू१६ च्याम्पियनसिप (सेप्टेम्बर-अक्टुबर २०२३)