ह्यारी केन प्रिमियर लिगमा एउटै क्लबका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। गएराति उल्भसमाथिको जितमा निर्णायक गोल गरेका उनले टोटेनहमका लागि १८५ गोल गर्दै कीर्तिमान बनाएका हुन्।
यो सँगै उनले म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोको १८४ गोलको कीीर्तमान उछिनेका हुन्।
केनले टोटेनहमका लागि सबै किसिमको प्रतियोगितामा गरी २५० गोल पनि पूरा गरेका छन्।
२९ वर्षीय केनले गत साता चेल्सीविरुद्ध २–२ को बराबरीमा अन्तिम क्षणमा सिजनकै पहिलो गोल गर्दै अगुइरोको कीर्तिमान बराबरी गरेका थिए।
प्रिमियर लिगमा १८५ गोलको आँकडा पुरा गरेका केन अहिले न्यूक्यासल, ब्ल्याकबर्न र म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर एन्ड्रयू कोल भन्दा दुई गोल पछि छन्। कोलले लिगमा १८७ गोल गरेका छन्।
यस्तै लिगमा वाइन रोनीले २०८ गोल गर्दा एलन शियररले सर्वाधिक २६० गोल गरेका छन्।
पूर्व ब्ल्याकबर्न र न्यूकासलका फरवार्डले सन् २००६ मै ३५ वर्षको उमेरमा सन्यास लिएका थिए। २९ वर्ष केनले शरियररको उमेरसम्म खेले भने उनलाई उछिन्न एक सिजनमा १३ गोल पर्याप्त हुन्छ।
५० अन्तर्राष्ट्रिय गोल गरेका उनी इङ्ल्याण्डका लागि सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छन्। उनीभन्दा अगाडि वाइन रोनीले देशका लागि ५३ गोल गरेका छन्। यद्यपि केनले आफ्नो लय कायमै राखे भने यसै वर्ष कतारमा आयोजना हुने विश्वकपमा उनले रोनीलाई उछिन्नेछन्।
सुरुका तीन खेलमध्ये दुई जितसँगै टोटेनहम शीर्षस्थानमा छ।