इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले सिजनमा पहिलो जित हात पारेको छ। सोमबार राति भएको खेलमा युनाइटेडले लिभरपुललाई २-१ गोलले पराजित गर्यो।
खेलको १६ मिनेटमा सान्चोको गोलबाट युनाइटेडले अग्रता लियो। खेलको ५३ मिनेटमा रास्फोर्डले युनाइटेडको अग्रता दोब्बर पारे।
खेलको ८१ मिनेटमा लिभरपुलका लागि सलाहले गोल गरेका थिए।
युनाइटेड यसअघि लगातार दुई खेलमा पराजित भएको थियो। जसका कारण दबाबमा परेको उसलाई लिभरपुलविरुद्धको जितसँगै राहत मिलेको थियो।
यता लिभरपुलले पनि सिजनमा अझै जित निकाल्न सकेको छैन। लिभरपुल यसअघि लगातार दुई खेलमा बराबरीमा रोकिएको थियो।