बार्सिलोना र म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । क्याम्प नोउमा बुधबार राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब सिटीले ३–३ गोलको बराबरी खेलेका हुन् ।
सुरूवातमा पछि परेर खेलमा दुईपटक अग्रता लिएर पनि बार्सलोनाले त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो।
घरेलु टोली बार्सिलोनाका लागि पिएरे एमेरिक औवामियाङ, फ्रान्की डि जोङ र मेम्फिस डिपाएले गोल गर्दा सिटीका जुलयिन अल्भारेज, कोल पाल्मेर र रियाद महारेजले गोल गरे।
खेलको २१ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाएका थिए । तर, त्यसक ८ मिनेटपछि पीएरे एम्रिक औबमेयाङले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थप ४ गोल भयो।
खेलको ६६ औं मिनेटमा फ्रेन्की डी योङले गोल गर्दा बार्सिलोना २-१ ले अघि बढ्यो। तर ७० औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीलाई पुन २-२ को बराबरीमा ल्याए।
त्यसपछि खेलको ७९ औं मिनेटमा मेम्फिस डीपेले गोल गर्दै बार्सिलोनालाई फेरि ३-२ को अग्रता दिलाए। तर खेलको इन्जुरी समयमा रियाद महरेजले गोल गर्दै सिटीलाई हारबाट जोगाए।
जुआन कार्लोस अनजुको सम्मानमा लुजोन फाउन्डेसनको लागि कोष रकम जुटाउन मैत्रीपूर्ण खेल खेलिएको थियो।