सिजनको युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरिएको छ। युईएफएले बिहीबार राति ड्र सार्वजनिक गरेको हो।
युरोपभरका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ। समूह चरणमा होम एन्ड अवेका आधारमा भिडन्त हुनेछ।
समूह चरणका खेल ६ सेप्टेम्बरमा सुरु भएर २ नोभेम्बरमा सकिनेछ।
त्यसपछि समूहका शीर्ष दुई टिम गरी १६ टिम प्रिक्वार्टरफाइनलम पुग्नेछन्।
अन्तिम १६ को खेल १४ फेब्रुअरीमा सुरु भएर १५ मार्चमा सकिनेछ।
त्यसपछि ११ अप्रिलदेखि १९ अप्रिलसम्म क्वार्टरफाइनल तथा ९ मेदेखि १७ सम्ममा सेमिफाइनल हुनेछ। फाइनल १० जुन २०२३ मा हुनेछ।
समूह ए: अयाक्स, लिभरपुल, नापोली, रेन्जर्स
समूह बी: पोर्टो, एट्लेटिको म्याड्रिड, बायर लिभरकुजेन, क्लब ब्रुग
समूह सी: बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लिजेन
समूह डी: फ्रान्कफर्ट, टोटनह्याम, स्पोर्टिङ लिस्बन, मार्सेली
समूह ई: एसी मिलान, चेल्सी, साल्जबर्ग, डाइनामो जाग्रेब
समूह एफ: रियल म्याड्रिड, आरबी लाइपजिग, शाख्तर डोनेस्क, सेल्टिक
समूह जी: म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमन्ड, कोपेनहेगन
समूह एच: पिएसजी, युभेन्टस, बेन्फिका, म्याकाबी हाइफा