आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिप २०२२ को लागि नेपालको राष्ट्रिय टोलीको घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
प्रतियोगिताको समूह बीमा नेपालले भुटान र श्रीलंका खेल्नेछ। डिफेन्डिङ च्याम्पियन भारतले समूह एमा माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्।
नेपालले उद्घाटन खेलमा भदौ २१ मा भुटानसँग खेल्नेछ। प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।
नेपालीको अन्तिम टोली
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राणा, पुनमजर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक
मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ