इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले दोस्रो जित हात पारेको छ।
शनिबार भएको खेलमा युनाइटेडले साउथह्याम्टनलाई १-० गोलले पराजित गरेको हो।
युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५५ मिनेटमा गोल गरेका थिए।
डालोटले दिएको पासमा उनले गोल गर्न सफल भए।
लिगको सुरुवाती दुई खेलमा पराजित भएको युनाइटेडले अघिल्लो खेलमा लिभरपुललाई पराजित गरेको थियो।
आजको खेलमा युनाटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा मैदान छिरेका थिए। उनी खेलको ६८ मिनेटमा सान्चोको स्थानमा मैदान छिरेका थिए।