इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सनसनीपूर्ण जित निकालेको छ। सिजनको चौथो खेलमा शनिबार लिभरपुलले बर्नमाउथलाई ९-० गोलले पराजित गरेको हो।
प्रिमियर लिगमा लिभरपुलको यो अहिलेसम्मको ठूलो जित हो। यस्तै लिगको एकै खेलमा नौ गोल गर्ने लिभरपुल चौथो टिम समेत बन्न सफल भयो।
पहिलो हाफमा पाँच गोल गरेको लिभरपुलले दोस्रो हाफमा चार गोल थपेको थियो।
लिभरपुलका लागि डियाजले खेलको तेस्रो र ८५ मिनेटमा गरी दुई गोल गरे। यस्तै फिर्मिनोले ३१ र ६२ मिनेटमा गोल गर्न सफल भए।
यस्तै एलियटले छैटौं, अलेकजान्डर अर्नोल्डले २८ मिनेट, भान डाइकले ४५ मिनेट र कार्भाल्होले ८० मिनेटमा गोल गरे।
बर्नमाउथका मेफमले ४६ मिनेटमा आत्मघाती गोल गरेका थिए।
लिभरपुले सिजनमा हात पारेको यो पहिलो जित हो। यसअघि खेलेका तीन मध्ये दुई खेलमा बराबरीमा रोकिएको लिभरपुल एक खेलमा पराजित भएको थियो।