राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले मंगलबार राष्ट्रिय टिममा बोलाइएका खेलाडी संख्या घटाएका छन्।
उनले राष्ट्रिय टिममा बोलाइएका ४० मध्ये १० खेलाडीलाई दोस्रो चरणमा स्थान दिएनन्।
डिफेन्डर देवेन्द्र तामाङ, छिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ बाहिरिएका छन्।
मिडफिल्डर पूजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङ टिममा अटाएका छैनन् भने फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाईले पनि टिम छाड्ने भएका छन् ।
नेपालले सेप्टेम्बर २७ मा बंगलादेशसँग दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाली टिम
गोलकिपरः किरणकुमार लिम्बू, बिकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, मनिष डाँगी, सुरज जिउ ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभास लामिछाने, सुदीप गुरुङ, संजोग राई, अन्जन विष्ट
फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ