इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले स्विट्जरल्याण्डका डिफेन्डर म्यानुएल अकान्जीसँग पाँच वर्षको अनुबन्धन सम्झौता गरेको छ।
२७ वर्षीय डिफेन्डरले जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सन् २०१८ को जनावरी यता १५८ खेल खेलेका छन्।
अकान्जीले स्विट्जरल्याण्डका लागि ४१ खेलका खेलेका छन् र विश्वकप छनोटमा महत्वपूर्ण भूमिका खेलेका थिए।
एफसी बासेलबाट आफ्नो करिअर सुरु गरेका अकान्जीसँगै सिटीले सिजनमा डर्टमन्डका दुई खेलाडी भित्र्यायो। यसअघि एर्लिङ हालान्ड पनि डर्टमन्डबाटै सिटी आएका थिए।
सिटीले लगातार तेस्रो प्रिमियर लिग उपाधि र पहिलो च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ यो ट्रान्सफर विन्डोमा भित्र्याएको उनी पाँचौं खेलाडी हुन्।
यता म्यानचेस्टर युनाइटेडले ब्राजिलका विंगर एन्टोनीलाई ९५ मिलियन युरोको प्रारम्भिक शुल्कमा डच क्लब अयाक्सबाट भित्र्याएको छ।
सम्झौतामा सम्भावित ५ मिलियन यूरो एड-अनहरू समावेश छन्, यो प्रिमियर लिगको इतिहासमा चौथो सबैभन्दा महँगो हस्ताक्षर हो।
२२ वर्षीया एन्टोनीले थप वर्षको विकल्पसहित २०२७ सम्मको सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौता पछि एन्टोनीले भने, ‘विश्वको सबैभन्दा प्रतिष्ठित क्लबमा सामेल हुन पाउनु मेरो करिअरको अविश्वसनीय क्षण हो।’
एन्टोनीले अयाक्सका लागि ८२ खेलमा २४ गोल र २२ एसिस्ट गरेका थिए। उनी २०२० मा साओ पाउलोबाट डच च्याम्पियनमा सामेल भएर टेन ह्यागको प्रशिक्षणमा खेलेका थिए।
उनले अयाक्सका लागि ११ च्याम्पियन्स लिग खेलमा सात गोल र अक्टोबर २०२१ मा डेब्यू गरेदेखि ब्राजिलका लागि नौ खेलमा दुई गोल गरेका छन्।
युनाइटेडको यो सिजनको पाँचौ सम्झौता हो। यसअघि अयाक्सका डिफेन्डर लिसान्ड्रो मार्टिनेज, रियल म्याड्रिडका मिडफिल्डर कासेमिरो, फेयेनुर्डका फुल ब्याक टायरेल मलासिया र प्लेमेकर क्रिस्टियन एरिक्सनसँग सम्झौता भएको थियो।
युनाइटेडका नयाँ प्रशिक्षक टेन ह्यागले यस ट्रान्सफर विन्डोमा २१० मिलियन पाउन्ड भन्दा बढी खर्च गरिसकेका छन्। जबकी पोग्बा, जेसी लिंगार्ड, जुआन माटा, नेमान्जा माटिक, एडिन्सन काभानी र एन्ड्रियास परेरा जस्ता खेलाडीले क्लब छाडेका छन्।