म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित हात पारेको छ।
युनाइटेडले बिहीबार राति भएको खेलमा लेस्टर सिटीमाथि १-० गोलको साँघुरो जित निकाल्यो।
नयाँ प्रशिक्षक एरिक टेन ह्यागको नेतृत्वमा प्रिमियर लिगमा लगातार तेस्रो जित निकाल्दै युनाइटेडले खराब सुरुवात बिर्साउने कोशिस गरेको छ। युनाइटेड लिगका सुरुवाती दुई खेलमा पराजित भएको थियो।
२३ मिनेटमा मार्कस रासफोर्डको पासमा जाडोन सान्चोको सहज गोलले युनाइटेडको महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
यसअघि उसले लिभरपुल र साउथह्याम्प्टनविरुद्ध जित हासिल गरेको थियो।
जितसँगै युनाइटेड पाँच खेलबाट ९ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लन सफल भएको छ।