इंग्लिस प्रिमियर लिगमा लिभरपुल र एभर्टनले बराबरी खेल्दै अंक बाडेका छन्। शनिबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
सिजनको ६ खेल खेलिसक्दा लिभरपुलले तीन खेल बराबरी खेलेको छ। लिभरपुलले दुई जित निकाल्दा एक खेलमा भने पराजित भएको छ।
अघिल्लो खेलमा न्युकासललाई २-१ गोलले हराएको लिभरपुलले त्यसअघि बर्नमाउथमाथि ९-० को जित निकालेको थियो।
एभर्टनले भने पछिल्लो ६ खेलमा जित निकाल्न सकेको छैन। पाँच मध्ये पछिल्ला तीन खेलमा उसले बराबरी खेलेको छ।
सिजनको पहिलो खेलमा बराबरी खेलेको एभर्टन त्यसपछि दुई खेलमा पराजित भएको थियो।
अंक तालिकामा लिभरपुल ९ अंक जोड्दै पाँचौ स्थानमा र एभर्टन चार बराबरीबाट चार अंक जोड्दै १४औं स्थानमा छन्।