साफ महिला च्याम्पियनसिपमा पाँच पटकको विजेता भारतले पाकिस्तानलाई ३-० गोलले पराजित गरेको छ।
आज दशरथ रंगशालामा भएको समूह ‘ए’ को खेलमा भारतले पहिलो हाफमा दुई गोल गरेको थियो।
खेलको २०औं मिनेटमा पाकिस्तानकी मारिया खानले आत्मघाती गोल गरेपछि भारतले अग्रता लिएको थियो। भारतकी सन्धियाको क्रस क्लियर गर्ने क्रममा खानले आफ्नै पोस्टमा गोल गरेकी थिइन्।
तीन मिनेटमा भारतले अग्रता दोब्बर पार्यो। भारतका लागि ग्रेसले २३ मिनेटमा दोस्रो गोल गरिन्।
दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा भारतका लागि सौम्य गुगुलोथले तेस्रो गोल गरिन्।
समूहमा आजै साँझ बंगलादेश र माल्दिभ्सबीच खेल हुँदैछ।
यसअघि समूह ‘बी’ को खेलमा आयोजक नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो।