युरोपियन च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति डाइनामो जाग्रेबसँग पराजित भएपछि इंग्लिस क्लब चेल्सीले प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ।
चेल्सीलाई क्रोएसियन क्लब जाग्रेबले १-० गोलले पराजित गरेको थियो।
जर्मन क्लब बोरुसिया डर्टमण्ड र फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्वप्रशिक्षक ४९ वर्षीय टुचेललाई नियुक्त गरेको २० महिनापछि चेल्सीले पदबाट हटाएको हो।
चेल्सीका मालिक टोड बोहलीले नयाँ प्रशिक्षक नियुक्त नभएसम्म अस्थायी प्रशिक्षक भएर काम गर्नेछन्।
क्लबको एक विज्ञप्तिमा नयाँ मुख्य प्रशिक्षक ल्याउनको लागि यो ‘सही समय’ हो भन्ने विश्वास राखिएको छ।
‘नयाँ स्वामित्व समूहले क्लबको जिम्मा लिएको सय दिन पुग्दा, क्लबलाई अगाडि बढाउन कडा मेहनत जारी राख्द र, नयाँ स्वामित्वले यो संक्रमणबाट मुक्त हुने सही समय हो भन्ने विश्वास गर्छ,’ विज्ञप्तिमा भनिएको छ।
टुचेललाई २६ जनवरी २०२१ मा फ्रान्क लाम्पार्डको स्थानमा नियुक्त गरिएको थियो र त्यसको चार महिनापछि टुचेलले क्लबलाई दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए।
उनले त्यस वर्ष पछि यूईएफए सुपर कप र फिफा क्लब विश्वकप समेत जिताएका थिए।