अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० एसियन कप छनोट प्रतियोगिताका लागि बहराइन जाने यू–२० राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक विशेष कार्यक्रमका बीच विदाई गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री मोहनबहादुर बस्नेत, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर थापा, उपाध्यक्ष दीपक खतिवडा, महासचिव किरण राई, पूर्व सहसदस्य महेन्द्र क्षेत्री, टीका लामा, भरतबहादुर बुढा थापालगायतको उपस्थिति रहेको थियो।
सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने एएफसी यू–२० एसियन कप छनोट प्रतियोगितामा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू–२० टोली पनि परेको छ ।
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ।
समूहमा शीर्ष हुने टिम यू-२० एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना रहनेछ।
नेपाली टोलीः आशिष राई, अभिषेक वाइबा, अजय चौधरी, अमर श्रेष्ठ, दिपेश गुरुङ, ईश्वर गुरुङ, जान ताम्ली, जन्मेजय धामी, जियारत शेख, कृतिश रत्न छुन्जु, मनाज्ञ नकर्मी, निरञ्जन मल्ल, राज थोकर, रिकेश विक, रोहन खड्गी, सन्दीप कार्की, सृजन दानी, सुगम सुवाल, सुमित श्रेष्ठ, टोपबहादुर राना, सञ्जीव लामा, आयुष घलान (कप्तान), श्यान्सु भुसाल
अफिसियल : मेघराज केसी (मुख्य प्रशिक्षक), उज्ज्वल मानन्धर (गोलकिपर प्रशिक्षक), बालगोपाल शाहु (प्रशिक्षक), पुरुषोत्तम थापा (अफिसियल), भगवानबहादुर दर्लामी मगर (टिम अफिसियल), उमेश दाहाल (मिडिया अफिसर), लोकेन्द्र कुँवर (फिजियोथेरापिस्ट), दिवाकर घले गुरुङ (टिम म्यानेजर)