यस सप्ताहन्तको इंग्लिस प्रिमियर लिग र इंग्लिस फुटबल लिगका खेलहरु स्थगित गरिएको छ।
महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि उनको सम्मानमा लिग स्थगित गरिएको हो।
यससँगै शनिबार, आइतबार र सोमबारका लागि तय भएका प्रिमियर लिगका दश खेल स्थगित भएका छन्।
शुक्रबार गल्फको पिजिए च्याम्पियनसिपको खेल रद्द गरिएको थियो भने इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको टेस्ट क्रिकेटको खेल पनि स्थगित गरिएको थियो।
बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ७० वर्ष शासन गरेपछि बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो।
प्रिमियर लिगले महारानीको ‘असाधारण जीवन र राष्ट्रको लागि योगदान’लाई सम्मान गर्ने निर्णय गरेको जनाएको छ।