भरतपुरमा शनिबारबाट सुरु भएको इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको पहिलो खेलमा केबिए ग्लोबल भरतपुर फुटबल विजयी भएको छ।
भारतको मोतिहारी एफसीलाई ९-० को फराकिलो अन्तरले पराजित गरिदै भरतपुर फुटबल क्लव विजयी भएको हो।
बिएफसीको जितमा फर्वाड राज भुसालको दोहोरो ह्याट्रिक गरेका थिए। रन्जित आले मगरले २ तथा रोशन क्षेत्रीले एक गोल गरेका थिए।
बिएफसीका राज म्यान अफ दि म्याच भए। उनले नगद दश हजार प्राप्त गरे। गोल्डकपमा आइतबार नव जन जागृति युवा क्लब सिमरा र मकवानपुर ११ भिड्नेछन्। खेल अपरान्ह ४ बजे सुरु हुनेछ।
भरतपुर फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी छन्।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।