साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा आज राति नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ।
सेमिफाइनलमा भारतले बंगलादेश र नेपालले श्रीलंकालाई हराएर उपाधि भिडन्त पक्का गरेका थिए। उपाधि भिडन्त आज राति आठ बजे श्रीलंकाको कोलम्बोमा हुँदैछ।
समूह चरणमा भारतलाई ३-१ गोलले हराउँदै समूह विजेता नेपालका लागि आज इतिहास बनाउने मौका छ।
नेपालले साफको यो प्रतिस्पर्धामा यसअघिका ६ संस्करणमा भाग लिए पनि उपाधि भने जित्न सकेको थिएन।
सन् २०१३ को फाइनलमा नेपाललाई भारतले १-० गोलले हराएको थियो। नेपाल २०१७ र २०१९ को संस्करणमा पनि फाइनलमा पुगेको थियो। तर दुवैमा भारतसँग पराजित हुँदा उपाधि विमुख भयो।
सन् २०१९ को फाइनलमा त नेपालले भारतसँग ७ गोल खाएको थियो।
तीन पटक भारतसँग फाइनलमा हारेको बदला आज नेपालले लिनका लागि मौका रहेको छ।