रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोना १० खेलाडीको एल्चेमाथि सहज जित हात पार्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
यसै बार्सिलोनामा आवद्ध भएदेखि पोल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी लेवान्डोस्कीले दुवै हाफमा एक एक गर्ने क्रममा ३४ र ४८ मिनेटमा गोल गरे। उनले जारी सिजमा आठ खेलमा ११ गोल गरिसकेका छन्।
मेम्फिस डिपेले बार्सिलोनाका लागि ४१ मिनेटमा एक गो गरेका थिए।
खेलको १४ औं मिनेटमा एल्चेका कप्तान गोन्जालो भेर्डुले लेवान्डोस्कीलाई फल गरेपछि रातो कार्ड दिइयो।
बार्सा अब तालिकाको शीर्ष स्थानमा रियल म्याड्रिडभन्दा एक अंक माथि उक्लिएको छ।
बार्सिलोनाको ६ खेलबाट १६ र रियलको ५ खेलबाट १५ अं छ। रियलले आइतबार साँझ शहरी प्रतिद्वन्द्वी एट्लेटिकोसँग खेल्दैछ।