रियल म्याड्रिडले एट्लेटिको मड्रिडलाई म्याड्रिड डर्बीमा हराउँदै ला लिगाको उपाधि रक्षा अभियानको सुरुवाती ६ खेलमै जित निकालेको छ।
रियलका २-१ गोलले विजयी भएको खेलमा रोद्रिगोले १८ र भाल्भार्डेले ३६ मिनेटमा गोल गरेका थिए।
एट्लेटिकोका लागि ८३ मिनेटमा हर्मोसोले दोस्रो हाफको इन्जुरी टाइममा रातो कार्ड पाएका थिए।
रोड्रिगोले चाउमेनीको पासमा हाफ भलीमार्फत अग्रता दिलाएका थिए । भिनिसियस जुनियरको शट पोस्टमा लागेपछि भाल्भर्डेले रिबाउन्डमा गोल गर्दा अग्रता दोब्बर बनाए।
रियलले सबै ६ खेल जितेर शीर्ष स्थानमा रहेको बार्सिलोनासँग दुई अंकको अग्रता बनाएको छ। एट्लेटिको सातौं स्थानमा छ। रियलको १८ अंक छ भने बार्सिलोनाको १६ अंक रहेको छ। एट्लेटिको ११ अंकसहित सातौं स्थानमा छ।
रियलले पछिल्लो पटक सन् १९८७–८८ मा सुरुवाती ६ खेल जितेको हो।