केलियन एमबाप्पे र ओलिभर जिरूडको गोलमा साविक विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ।
गए राती भएको खेलमा फ्रान्सले अष्ट्रियालाई २–० ले हराउँदै पाँचौ खेलबाट पहिलो जित निकालेको हो।
स्टेड डि फ्रान्समा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको दुबै दोस्रो हाफमा सम्भव भएको थियो।
खेलको ५६ औं मिनेटमा एम्बाप्पेको गोलबाट फ्रान्सले सुरूआती अग्रता लियो। उनले जिरूडको पासमा गोल गरेका थिए।
यस्तै ६५औं मिनेटमा एन्टोइन ग्रिजमनको पासमा जिरूडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे।
यो जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। पराजित अष्ट्रिया ४ अंक जोडेर पुछारमा छ।
यहीँ समूहको अर्को खेलमा क्रोएसियाले डेनमार्कलाई २–१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। यस जितसँगै क्रोएसिया ५ खेलबाट १० अंक जोड्न सफल भयो। पराजित डेनमार्क ५ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा झरेको छ।