कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ।
पिएफए स्पोर्ट्स क्लब अत्तरियाको आयोजनामा सात वटा प्रदेशको सहभागीता रहेको फुटबल प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक योजना मन्त्री प्रकाश रावलले उद्घाटन गरे।
धनगढीस्थित रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरे।
ढिलो गरी उद्घाटन भएको खेल भने पूरा खेलाउन आयोजक असमर्थ भयो।
रात परेपछि स्थगित गरिएको खेल भोलि खेलाइने भएको छ।
बाँकी रहेको १७ मिनेटको खेल भोली खेलाईने आयोजकले जनाएको छ। खेल रोकिनुअघि दुबै टोलीले गोलरहित बराबरी खेलका छन्। भोली नै हुने अर्को खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेश पनि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन्।
प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा सर्वोत्कृष्टखेलाडीले नगद २० हजार प्राप्त गर्नेछन्।