रूपेश अधिकारी र दीपेन्द्र धिमाल अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। बुधबार भएको एन्फाको विशेष साधारणसभाबाट दुई जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
यसअघि गत असार ६ गते भएको एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचनमा चार जनाको मत बराबर आएको थियो।
चार मध्ये दुई जना मात्र एन्फाको कार्यसमितिमा पुग्न सक्ने अवस्था थियो। जसका कारण विशेष साधारणसभामार्फत दुई जना केन्द्रीय सदस्य निर्वाचित गर्ने निर्णय भएको थियो।
असार ६ मा भएको निर्वाचनमा १३ जना खुला केन्द्रीय सदस्यमध्ये ११ जनाको मात्र टुंगो लागेको थियो। दीपक थापा क्षेत्री, रूपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले समान ३९-३९ मत ल्याएका थिए।
यी चार जना मध्ये दुई जनाका लागि भएको निर्वाचनमा रूपेशले ५४ मत ल्याए भने दीपेन्द्रले ४७ मत प्राप्त गर्न सफल भए। ४५ मत ल्याएका लोकेन्द्र केन्द्रीय सदस्य बन्न असफल भए। यस्तै अर्का प्रत्यासी दीपक थापाले ७ मत मात्र ल्याए।
यससँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ।
एन्फा कार्यसमिति
अध्यक्ष : पंकजबिक्रम नेम्बाङ
वरिष्ठ उपाध्यक्ष : वीरबहादुर खड्का
उपाध्यक्ष : दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसी
केन्द्रीय सदस्य : मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरूषोत्तम थापा, रमेश व्यनजन्कार, मनिराज विष्ट, टिकाराम लामा, भरत बुढ्थापा, रूपेश अधिकारी र दीपेन्द्र धिमाल
महिला सदस्य : सरिला श्रेष्ठ र पेमा डोल्मा