इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अर्को सानदार जित हात पारेको छ।
शनिबार भएको खेलमा सिटीले साउथह्याम्टनमाथि ४-० गोलको फराकिलो जित हात पारेको हो।
सिटीका लागि चारै गोल चार फरक खेलाडीले गरे। खेलको २० मिनेटमा कान्सेलोको गोलबाट सिटीले अग्रता लियो।
३२ मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर पारे। ४९ मिनेटमा महारेजले सिटीका लागि तेस्रो गोल गरे।
हाल्यान्डले ६५ मिनेटमा चौथो गोल गरेपछि सिटी फराकिलो जिततर्फ अघि बढेको थियो। हाल्यान्डले सिटीका लागि गरेको यो २०औं गोल हो। उनले सिजनमा सिटीबाट अहिलेसम्म १३ खेल खेलेका छन्।
जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले ९ खेलबाट २३ अंक जोडेको छ।
यता लिगको अर्को खेलमा चेल्सीले वुल्भ्सलाई ३-० गोलले हराएको छ।
जितसँगै चेल्सी ८ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।
१४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको न्युकासलले ब्रेन्टफोर्डलाई ५-१ गोलले हराएको छ।