एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ।
नेपाललाई आइतबार भएको खेलमा चाइनिज ताइपेईले ४-२ गोलले पराजित गर्यो।
यससँगै समूह ‘एफ’ को छनोटमा नेपालले तीन खेलमा १२ गोल खायो भने दुई गोल गर्न सक्यो।
नेपालले यसअघि पहिलो खेलमा थाइल्यान्डसँग ३-० गोलको हार बेहोरेको थियो।
दोस्रो खेलमा आयोजक भियतनामसँग ५-० गोलले पराजित भएसँगै छनोटबाट बाहिरिएको थियो।