फ्रेञ्च क्लब पिएसजीका फरवार्ड लिओनल मेसीले चोटका कारण मंगलबार हुने बेन्फिकाविरुद्धको च्याम्पियन्स लिगको गुमाउने भएका छन्।
३५ वर्षीय मेसीको पिडुलामा समस्या छ।
मेसीले गत शनिबारको लिग वानअन्तर्गत रेम्सविरुद्धको खेल पनि गुमाएका थिए।
जुन खेलमा पिएसजीले यो सिजन पहिलोपटक लिगमा गोल गर्न सकेको थिएन।
पिएसजी च्याम्पयन्सिप लिगमा सात अंकसहित समूह एचको शीर्ष स्थानमा छ। बेन्फिकाको पनि समान सात अंक छ।