स्पेनिस ला लिगाअन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि रियल म्याड्रिडले जित हात पारेको छ।
आइतबार भएको खेलमा रियलले बार्सिलोनालाई ३-१ गोलले पराजित गर्यो।
रियलका लागि करिम बेन्जिमाले १२ मिनेटमा पहिलो गोल गरे। फेडेरिको भाल्भेर्डेले ३५ मिनेटमा उत्कृष्ट भली सर्टमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पारे।
बार्सिलोनाका फेरान टोरेसले ८३ मिनेटमा गोल फर्काए।
तर दोस्रो हाफको इन्जुरी सयममा रोद्रिगोले पेनाल्टीमार्फत रियलका लागि तेस्रो गोल गर्न सफल भए।
सिजनको लिगमा बार्सिलोनाको यो पहिलो हार हो।
जितसँगै शीर्ष स्थानको रियलले ९ खेलबाट २५ अंक जोडेको छ। दोस्रो स्थानको बार्सिलोनाको २२ अंक छ।