इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले १-१ को बराबरी खेलेका छन्।
स्टानफोर्ड ब्रिजमा गएराति भएको खेलमा दुबैले बराबरी खेल्दै अंक बाँडेका हुन्।
पहिलो हाफमा गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दुबै टोलीले गोद्य गरेका थिए।
खेलको ८६ औँ मिनेटमा चेल्सीका लागि जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाए। तर इन्जुरी समयको अन्तिम मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए।
यो नतिजासँगै ११ खेलबाट २१ अंक जोडेको चेल्सी अंक तालिकाको चौथो स्थानमा छ। यस्तै समान खेलबाट २० अंक जोडेको २० अंक जोडेको म्यान्चेष्टर युनाइटेड पाँचौ स्थानमा छ।
गएरातिनै भएको अर्को खेलमा ब्राइटन होब अल्वियोनमाथि ३–१ को सहज जित निकाल्दै म्यान्चेष्टर सिटीले शीर्ष स्थानमा अंक छोट्याएको छ।
सिटीको जितमा एर्लिङ ब्राउट हालान्डले दुई तथा केभिन ड्रि ब्रुएनाले एक गोल गरे। ब्राइटनका लियान्द्रो ट्रोससार्डले एक गोल फर्काए।
इतिहाद रंगशालामा शनिबार राति भएको खेलको २२औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाए।
४३ औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता पहिलो हाफमै दोब्बर पारे।
५३औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। तर ७५औं मिनेटमा कप्तान केभिन डि ब्रुएनाले गोल गर्दै सिटीको जित पक्का गरे।
यो जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी १ मा छोट्याएको छ। सिटीको ११ खेलबाट २६ अंक पुगेको छ। एक खेल कम खेलेको आर्सनलको २७ अंक छ। पराजित ब्राइटन १५ अंक जोडेर आठौं स्थानमा छ।