दक्षिण कोरियाका कप्तान सन हिउङ–मिनले आसन्न कतार विश्वकप गुमाउने सम्भावना बढेको छ। बिबिसीका अनुसार अनुहारमा लागेको चोटका कारण उनले आगामी मंसिर ४ बाट कतारमा हुने विश्वकप गुमाउनसक्नेछन्।
सनले तत्कालै चोटको शल्यक्रिया गर्नुपर्ने भएकाले डाक्टरहरूको सल्लाहपछि मात्र उनी मैदान उत्रनेबारे थप जानकारी हुने समाचारमा उल्लेख छ।
युरोपिपयन च्याम्पियन्स लिग फुटबलअन्तर्गत मार्सेको मैदानमा खेल्नेक्रमममा टोटनहामका यी ३० वर्षे खेलाडीलाई अनुहारमा चोट लागेको थियो।
उनको बायाँ आँखाको भागमा शल्यक्रिया गर्नुपर्ने टोट्टनहामले जनाएको छ।
यसअघि सन् २०२१ मा च्याम्पियन्स लिगको फाइनलमा यस्तै चोट बोकेका म्यानचेस्टर सिटीका केभिन डे ब्रुइनले १९ दिनपछि युरोपियन च्याम्पियनसिप खेलेका थिए। त्यसैले चोटको अवस्था हेरेर उनी खेल्ने सम्भावना पनि उत्तिकै छ।
१०४ खेलबाट दक्षिण कोरियाका लागि सनले ३५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।
समूह एचमा रहेको दक्षिण कोरियाले पोर्चुगल, घाना र उरूग्वेसँगै समूह चरणको खेल खेल्नेछ। पहिलो खेल नोभेम्बर २४ मा उरूग्वेसँग खेल्दै विश्वकप सुरू गर्नेछ।