चोटका कारण जर्मनीका मिडफिल्डर टिमो वेर्नरले आसन्न कतार विश्वकप गुमाउने भएका छन्।
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति आरबी लेइपजिगका लागि साख्तर डोनेट्स्कविरूद्ध खेल्ने क्रममा कुर्कुच्चचामा चोट बोकेका थिए।
जर्मनीको सिनियर टोलीबाट ५५ खेल खेल्ने क्रममा २६ वर्षीय वेर्नरले २४ गोल गरेका छन्। उनले सन् २०१७ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए।
उनले फिफा कन्फेडेरेसन कप, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, युईफए सुपर कपलगायत प्रतियोगिता जितेका छन्।
वेर्नर २०१८ को विश्वकप र युरो २०२० मा जर्मनीको टोलीमा थिए।
दुई सिजन चेल्सीमा बिताएर यसै वर्ष मात्र उनी घरेलु क्लब लेइपजिग फर्किएका थिए।
विश्वकपमा जर्मनीको पहिलो खेल २३ नोभेम्बरमा जापानसँग खेल्नेछ।