लिभरपुलसँग पराजित हुँदै टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ।
लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुलले टोटेनहममै मैदानमा २-१ को जित निकालेको हो।
लिभरपुललाई जिताउन मोहमद सलाहले २ गोल गरे।
खेलको ११ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए। ४० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा लिभरपुलले अग्रता दोब्बर पार्यो।
पहिलो हाफमा खराब प्रदर्शन गरेको घरेलु टोलीले दोस्रो हाफमा एक गोल मात्र फर्काउँदा हारबाट जोगिन सकेन।
खेलको ७० औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोलीलाई खेलमा फर्कने संकेत गरेका थिए। तर त्सपछि थप गोल निस्कन नसकेपछि टोटेनहम २-१ ले हार व्यहोर्यो।
यसो जितसँगै लिभरपुल अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ। १३ खेल खेलेको लिभरपुलले ५ जितसहित १९ अंक जोडेको छ।
यस्तै तालिकाको तेस्रो स्थानमा उक्लने मौका गुमाएको टोटेनहमको १४ खेलमा २६ अंक छ। तेस्रो स्थानमा रहेको न्यूक्यासल २७, दोस्रो स्थानमा रहेको म्यान्चेष्टर सिटी ३२ र शीर्ष स्थानमा रहेको आर्सनलको ३४ अंक छ।
गएराति नै भएको अर्को खेलमा चेल्सीलाई हराउँदै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको हो।