म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफर्डसँग स्तब्ध बनेको छ। सिटी घरेलु मैदानमा ब्रेन्टफर्डसँग २–१ ले पराजित भएको हो।
इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा ब्रेन्टफर्डका लागि इभान टोनीले दुई गोल गर्दा घरेलु टोली सिटीका फिल फोडेनले मात्र गोल गरे।
खेलको १६ औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफर्डलाई सुरूआती अग्रता दिलाए।
पहिलो हाफको इन्ज्युरी समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए।
त्यसपछि दोस्रो हाफमा इन्ज्युरी समयमा इभान टोनीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई घरेलु मैदानमा २–१ ले स्तब्ध पारे।
सिटीको यो पराजयलेले शीर्षस्थानमा रहेको आर्सनललाई थप फाइदा भएको छ।
यो सिजन प्रिमियर लिगमा दोस्रो हार बेहोरेको सिटीले १४ खेलबाट ३२ अंक जोडेको छ। एक खेल कम खेलेको आर्सनलको १३ खेलबाट ३४ अंक छ। सिटीलाई हराएको ब्रेन्टफर्ड १९ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ।