इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ। शनिबार राति भएको खेलमा न्युकासल युनाईटेडसँग चेल्सी १-० गोल अन्तरले स्तब्ध भएको हो।
न्युकासललाई जिताउन जोए विल्कले निर्णायक गोल गरे।
पहिलो हाफसम्म गोलरहित बराबरी रहेको खेलको ६७ औं मिनेटमा अल्मिरोनको पासमा उनले गोल गरेका थिए।
जितसँगै न्युकासल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। न्युकासलले १५ खेलमा ३० अंक जोडेको छ।
यस्तै प्रिमियर लिगमा लगातार तेस्रो पराजय भोगेको चेल्सी चौथो स्थानको टोटेनह्यामभन्दा आठ अंकले पछाडि तालिकाको आठौं स्थानमा झरेको छ। चेल्सीले १४ खेलबाट २१ अंक जोडेको छ।