अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिबीच नेपाल सुपर लिग (एनएसएल) सञ्चालनका लागि सम्झौता भएको छ।
एन्फा र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
कम्तिमा आठ वर्षका लागि सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले एन्फालाई एनएसएलका लागि १७ करोड २० लाख रुपैयाँ भुक्तानी गर्नेछ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले एन्फाका महासचिव किरण राईलाई एनएसएलको पहिलो सिजनका लागि १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरिन्।