एस्टन भिल्लालाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको छैठौं स्थानमा उक्लिएको छ।
विश्वकपपछि लिग कपको अन्तिम १६ मा म्यान्चेष्टर सिटीसँग स्तब्ध लिभरपुलले गएराति एस्टल भिल्लामाथि ३-१ को जित निकालेको हो।
लिभरपुलको जितमा मोहमद सलाह, भर्जिल भान डाइक र स्टेफेन बाइचिटिचले गोल गरे। एस्टन भिल्लाका लागि वाटकिन्सले गोल फर्काए।
एस्टन भिल्लाको मैदानमा लिभरपुलका लागि मोहम्मद सलाहले पाँचौ मिनेटमा गोल गर्दै खेलमा सुरूआती अग्रता दिलाएका थिए।
३७ औँ मिनेटमा भर्जिल भान डाइकले अग्रता दोब्बर बनाए। तर ५९ औँ मिनेटमा भिल्लाका आली वाटकिन्सले गोल गर्दै लिभरपुलसँगको दूरी कम गर्ने प्रयास गरे। ८१ औँ मिनेटमा स्टेफन बाइचिटिचले गोल गरेपछि लिभरपुल प्रिमियर लिगमा सहज जितका साथ फर्किएको छ ।
यो जितसहित लिभरपुल १५ खेलबाट २५ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ। पाँचौ स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडको २६ अंक छ। शीर्ष स्थानमा रहेको आर्सनलको समान खेलबाट ४० अंक जोडेको छ।