चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबमाथि २-१ गोलको जित निकाल्दै चर्च ब्वाइज अन्तिम आठमा पुगेको हो।
खेलमा पुलिसले पहिले अग्रता लियो। पुलिसका लागि २५ मिनेटमा रवि पासवानले गोल गरे।
चर्च ब्याइजले खेलको ७६ मिनेटमा गोल फर्कायो। उसका लागि अन्जन विष्टले गोल गरे।
निर्धारित समयको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थप गरियो।
जसमा अनन्त तामाङले १०० मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए।
चर्च ब्वाइजले नयाँ सिजनका लागि अन्जन र अनन्तसहित दिनेश राजवंशी, तेज तामाङ, एरिक विष्टसहितका राष्ट्रिय खेलाडिलाई भित्र्याएको छ।