साविक विजेता एपिएफ क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार पोखरा रंगशालामा भएको खेलमा धरान फुटबल क्लबलाई २-० ले पराजित गर्दै एपिएफले अन्तिम चारमा स्थान पक्का गरेको हो।
एपिएफका लागि बिकु तामाङले ३६औं मिनेटमा र युवराज खड्काले ३९ औं मिनेटमा गरे।
अब अन्तिम चारमा एपिएफले त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि धरानले पहिलो खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।