आहा रारा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ।
मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा अमेरिकी टिम भुटानी युथ स्पोर्ट्स क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।
मनाङमाथि भुटानी युथले १-० गोलको जित निकाल्यो। उसका लागि प्रविण बस्नेतले खेलको १८ मिनेटमा गरेको गोल निर्णायक सावित बन्यो।
अब सेमिफाइनलमा भुटानी युथले चर्च ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा नेपाल एपिएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
बुधबार संकटा र एपिएफ भिड्दा चर्च ब्वाइज र भुटानी युथ बिहीबार प्रतिस्पर्धा गर्नेछन्।