आहा रारा गोल्डकपको फाइनलमा भुटानी युथ स्पोर्ट्स अमेरिका र संकटा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
भुटानी युथले बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १-० गोलले पराजित गर्दै फाइनलमा संकटासँगको भेट पक्का गरेको हो।
भुटानी युथको जितमा पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा रोजिन प्रजापतिले गरेको गोल निर्णायक बन्यो।
यसअघि संकटाले बुधबार साविक विजेता एपिएफलाई हराएर फाइनलमा स्थान बनाएको थियो।
अब उपाधिका लागि शनिबार पोखरा रंगशालामा प्रतिस्पर्धा हुनेछ।