ब्राजिलको रियो द जनेरियोस्थित माराकाना रंगशाला नजिक रहेको सडकको नाम फेरेर ‘किङ पेले मार्ग’ बनाइएको छ।
फुटबलका महान् खेलाडी पेलेकोको सम्मानमा सडकको नाम परिवर्तन गरिएको हो।
पेले मार्ग नाम परिवर्तन भएसँगै फोटो खिचाउन स्थानीय तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
किङ पेले मार्ग माराकाना रंगशालादेखि एक दशमलव चार किलो मिटरसम्म रहेको छ।
सहरका मेयर एडुआर्डो पेसले ८२ वर्षको उमेरमा निधन भएका ब्राजिल आइकनको सम्मानमा रियो दि जेनेरियोको पौराणिक माराकाना स्टेडियम जाने सडकको नाम परिवर्तन गरिएको जानकारी दिएका छन्।
यसअघि यो सडकलाई एभेनिडा रेडियल ओस्टे (वेस्ट रेडियल) भनेर चिनिन्थ्यो।
माराकाना रंगशाला विश्वको सबैभन्दा प्रसिद्ध फुटबल स्टेडियमहरू मध्ये एक हो। यहाँ सन् १९५० र २०१४ मा दुई वटा विश्वकप फाइनल खेल आयोजना भएका थिए।
यो रंगशाला पत्रकार मारियो फिल्होको नाममा राखिएको थियो। जसले यसलाई सन् १९४० पुन: निर्माणको लागि अभियान चलाएका थिए। यसअघि पनि मैदानको नाम पेलेको नाममा राख्नुपर्ने आह्वान गरिएको थियो।
यो सँगै ब्राजिलको माराकाना स्टेडियमको नाम पनि देशको फुटबल लिजेन्ड पेलेको नाममा राखिने भएको छ। यसका लागि रियो दि जेनेरियो राज्यको विधानसभाले मंगलबार यो रंगशालाको नाम एडसन एरान्टेस डो नासिमेन्टो - रे पेले स्टेडियममा परिवर्तन गर्न मतदान गरेको थियो।
८० वर्षीय पेले, जसको पूरा नाम एडसन एरान्टेस डो नासिमेन्टो हो, उनले ब्राजिलका लागि धेरै पटक यहीँ स्टेडियममा खेलेका थिए र त्यहाँ सन् १९६९ मा स्थानीय क्लब भास्को दा गामा विरूद्ध सान्तोसका लागि आफ्नो १,००० औं गोल पनि यही रंगशालामा पुरा गरेका थिए।
तीन पटकका फिफा विश्वकप विजेता पेलेको गत साता ८२ वर्षको उमेरमा निधन भएको थियो।