पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबल प्रतियोगिताको एसियाली छनोट राउण्ड १ मा प्रतिस्पर्धा गर्ने २६ टोलीको समूह विभाजन भएको छ।
एसियाली छनोटको पहिलो राउण्डलाई चार टिम सम्मिलितको पाँच समूह र तीन टिमको दुई समूह गरी सात समूहमा भिजन गरिएको छ।
छनोट आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछन्।
समूहका खेलका लागि आयोजक पछि तय गरिने एसियाली फुटबल महासंघले जनाएको छ।
समूह ‘ए’ मा उज्वेकिस्तान, जोर्डन, इस्ट टिमोर र भुटान छन् भने समूह ‘बी’ मा म्यानमार, इरान, बंगलादेश र माल्दिभ्स भिड्नेछन्।
समूह ‘सी’ मा नेपाल, भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान छन् भने समूह ‘डी’ मा थाइल्याण्ड, मंगोलिया, सिंगापुर र श्रीलंका छन्।
समूह 'ई' मा फिलिपिन्स, हङकङ, ताजिकिस्तान र पाकिस्तान रहेका छन् भने चाइनिज ताइपेई, इन्डोनेसिया र लेबनान समूह एफमा भिड्नेछन्। समूह 'जी' मा भारत, किर्गिज गणतन्त्र र तुर्कमेनिस्तान प्रतिस्पर्धा गर्नेछन्।
प्रत्येक समूहका विजेता राउन्ड २ मा पुग्नेछन्। जहाँ उत्तर कोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया पुगिसकेका छन्
अष्ट्रेलिया २०२० टोकियो ओलम्पिकमा चौथो स्थानमा रह्यो भने जापान क्वार्टरफाइनलमा स्विडेनसँग पराजित भएको थियो।चीन भने समूह चरणबाटै बाहिरिएको थियो।
राउण्ड २ मा चार टिम सम्मिलिन तीन समूह हुनेछन्। विजेता र उत्कृष्ट उपविजेता राउन्ड ३ मा पुग्नेछन्। राउन्ड ३ मा होम एन्ड अवेका आधारमा भिडन्त हुनेछन्। विजेता टिम ओलम्पिकमा छनोट हुनेछन्।
राउन्ड १
समूह ए: उज्वेकिस्तान, जोर्डन, इस्ट टिमोर, भुटान
समूह बी: म्यानमार, इरान, बंगलादेश, माल्दिभ्स
समूह सी : नेपाल, भियतनाम, प्यालेस्टाइन, अफगानिस्तान
समूह डी: थाइल्याण्ड, मंगोलिया, सिंगापुर, श्रीलंका
समूह ई: फिलिपिन्स, हङकङ, ताजिकिस्तान, पाकिस्तान
समूह एफ: चाइनिज ताइपेई, इन्डोनेसिया, लेबनान
समूह जी: भारत, किर्गिस्तान, तुर्कमेनिस्तान