अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिजनको सहिद स्मारक ए डिभिजन लिग, बी डिभिजन लिग र सी डिभिजन लिगका लागि टिकेटिङ र मार्केटिङ अधिकारका लागि टेन्डर आह्वान गर्ने भएको छ।
शुक्रबार एन्फाको आकस्मिक कार्यसमिति बैठकले तीन वटै लिगको लागि टिकट मूल्य तय गर्दै विभिन्न आठ निर्णय गरेको छ।
निर्णयहरू
१. फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरियो।
२. एन्फाले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिग २०७९ फागुन १९ र सहिद स्मारक बी डिभिजन लिग २०७९ चैत्र १५ बाट सुरु गर्ने निर्णय।
३. सहिद स्मारक ए डिभिजन लिग २०७९ आयोजना गर्न अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्बाङको संयोजकत्वमा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरु सदस्य रहने गरि लिग संचालन समिति गठन।
४.सहिद स्मारक ए डिभिजन लिग २०७९ को टिकट दर भीआइपी पारापिटतर्फ रु ३०० साधारण पारापिटतर्फ रु १०० साथै सहिद स्मारक बी डिभिजन लिग २०७९ र सहिद स्मारक सी डिभिजन लिग २०७९ को टिकट दर रु १०० तय गरियो। ए डिभिजन लिगको टिकेटिङ अधिकारको लागि न्युनतम रु १,५०,००,००० (एक करोड पचास लाख र शीर्षक प्रायोजक बाहेकका कर्मसियल र मार्केटिङ अधिकारको लागि न्युनतम रु १,५०,००,००० (एक करोड पचास लाख) तोकेर टेन्डर आह्वान गर्ने। दुवै गरी कुल तीन करोडका लागि टेन्डर आह्वान गर्ने।
५. सहिद स्मारक ए, बी र सी डिभिजन लिगका ब्रोडकास्टिङ अधिकारको लागि न्युनतम रु ६०,००,००० (साही लाख तोकेर टेन्डर बाह्वान गर्ने निर्णय पारित।
६. ए, बी र सी लिग आयोजनामा आवश्यक पर्ने सेवा तथा सामाग्रीको लागि टेन्डर आह्वान गर्न एन्फा सचिवालयलाई जिम्मेवारी प्रदान गर्ने।
७. ए. बी र सी लिगका लागि तीन सदस्यीय इन्ट्रगिटी समितिको गठन गर्ने निर्णय पारित।
८. भारतको सबोच्च फुटबल निकाय अखिल भारतीय फुटबल महासंघले नेपाली राष्ट्रिय महिला टोनीलाई यहि फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव स्वीकार गर्ने निर्णय पारित।